पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ

पाेखरा | भदौ २६, २०८१

पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ

पाेखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ८ बगालेटोलमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा अन्दाजी  ४२ वर्षीय जहर कुँवर रहेका छन् ।


कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई पोखरा–८ बगालेटोल बस्ने अन्दाजी ४२ वर्षीय  कुँवरले अन्दाजी  ४० वर्षीया राधिका कुँवरलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ । 


प्रारम्भिक अनुसन्धानको क्रममा  हत्याको कारण भने घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ । 
 

कास्की प्रहरीले हत्या आरोपी कुँवरलाई नियन्त्रणमा लिई लैजाने क्रममा स्थानीयहरुले कुटपिटको प्रयास गरेका थिए ।


उनीहरुको एक छोरा रहेको प्रहरीले जनाएको छ । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्